लद्दाखमा भारतीय र चिनियाँ सै,निक तीनपटक झ,डप, थप त,नावको संकेत

एजेन्सी । लद्दाखस्थित सीमा क्षेत्रमा चीनसँग भारतीय सैनिकको यही महिना तीनपटक झ,डप भइसकेको छ । त्यसैले अहिले चीनले यहाँ आफ्नो सैनिक संख्या ६ हजारले बढाएको छ । भारतले पनि सेना बढाउँदैछ । यस्तोमा सीमा क्षेत्रमा त,नाव थप लम्बिने आशंका भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

भारतीय सैनिक स्रोतका अनुसार पूर्वी लद्दाखमा ५ मेइमा भएको झ,डपमा चीनका सैनिकले भारतीय जवानमाथि लाठी, काडेंतार र ढुंगाले आ,क्रमण गरेका थिए । न्युज एजेन्सी एनएनआईले सैनिक स्रोतको हावाला दिँदै लेखेको छ, ‘चिनियाँ सेनाको रवैया पाकिस्तान समर्थित ती पत्थरबाजजस्तै थियो, जसले कास्मिरमा भारतीय जवानलाई मा,र्छन् ।’ भारतीय मिडियाका अनुसार यस क्षेत्रमा चीनको सैनिक संख्या भारतभन्दा ठूलो थियो र यो अनप्रोफेसनल तरिकाले भि,डन्तमा उत्रियो । चिनियाँ सेना आ,क्रामक रहेको आरोप भारतीय सञ्चारमाध्यमले यतिबेला लगाइरहेका छन् ।

यस महिना सीमा क्षेत्रमा भइसकेको छ ।
५ मेइमा पूर्वी लद्दाखको पैंगोन्ग झिलमा साँझ भारत र चीनका २ सय सैनिक आमने–सामने भएका थिए । यस क्रममा दुबैले ढुंगामुडा गरे । पछि, दुबैतर्फका अधिकृतहरुबीच वार्ता भयो र भि,डन्त सकियो ।

९ मेइमा उत्तरी सिक्किमस्थित १६ हजार फिटको उचाईमा रहेको नाकुला सेक्टरमा भारत र चीनका १ सय ५० सैनिक भिड,न्तमा उत्रिए । यस झ,डपमा दुबैतर्फका गरी कुल १० सैनिक घा,इते भए । यहाँ पनि अफिसरहरुले वार्ता गरेपछि सम स्या सुल्झियो । ९ मेइमै चीनले लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठायो, चीलने हेलिकोप्टर सीमामा पठाएको थाहा पाएपछि भारतले पनि यहाँ ल,डाकु विमान पठायो । भारतीय सञ्चारमाध्यमका अनुसार धेरै वर्षपछि चीनलाई जवाफ दिनका लागि भारतले सीमा क्षेत्रमा ल,डाकु विमान पठाएको हो ।
–दैनिक भास्कर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*