द,लित हुनुको पी,डा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्या न

प्रेम सुनार
बुटवल । दुई दिन यता दलित समुदायका एक युवा र एक किशोरीले चरम जातीय  वि,भेदको ज्यादती खेप्दै अ,कालमा ज्या न गुमाउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा र एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण जातीय विभेदको ज्या दतीको शि कार हुनुपरेको हो ।

रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको ज्या दती कै कारण झु न्डिएको अवस्थामा मृ त भेटिइन् भने उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण भेरी नदीमा मृ त फेला पर्नुपरेको हो ।

देवदहकी अङ्घिरा पासीले स्थानीय २२ वर्षीय वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेको थियो । गत जेठ ९ गते उनीहरुलाई स्थानीयले सँगै फेला पारेका थिए । त्यसपछि त्यस वडाका वडाध्यक्ष अमरबहादुर चौधरी लगायतका समाजसेवीले ति किशोरीलाई प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए ।

घरमा भित्रिएपछि भरकी आमाले लुछ्ने, कुट्ने, कपडा च्याति दिने गरेको बताइन्छ । अन्ततः शनिवार सोही वडाको रोहिणी खोलाको रुखमा ती किशोरी झुन्डिएर मृत फेला परेको देवदह ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*