नेपालको नाम रोशन गर्दै विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा दुई क्रिकेटर

काठमाडौ, १२ जेठ । नेपाली खेलाडी नेपाली क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका २० उत्कृष्ट युवा खेलाडीको सूचीमा पर्न सफल भएका छन् ।

२० वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा लेग स्पिनर लामिछाने र अलराउन्डर मल्ल अटाएका हुन् । पत्रिकाले सार्जजनिक गरेको यो सूचीमा टेष्ट मान्यता देशका खेलाडीको बाहुल्यता छ । त्यस्तै एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा युएई र स्कटल्यान्डका १–१ जना समावेश छन् ।

सूचीमा भारतका अधिंकाश खेलाडीहरु अटाएको बताइएको छ । त्यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्ट इन्डिज, अफगानिस्तान, बंगालादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् ।

उत्कृष्ट खेलाडीको सूचीमा भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवी बिस्नोइ, कार्तिक त्यागी, प्रियम ग्राग समावेश भएका छन् । सूचीमा अटाएका सबै खेलाडी १९ बर्षका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*