काठमाडौं, १२ जेठ । सोमबार (आज) साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने जानकारी गराइएको छ ।
नेपाल टेलिभिजनले प्रधानमन्त्री ओलीको सम्बोधनलाई प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराइएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु अगाडि मन्त्रिपरिषदको बैठक पनि बस्दैछ ।
आजको मन्त्रिपरिषदको बैठकमा कोरोना म,हामारीका कारण विदेशमा अ,लपत्र रहेका नेपाली नागरिकहरु ल्याउने विषयमा छलफल हुने जनाइएको छ ।
Leave a Reply