जनकपुरधाम, १२ जेठ । प्रदेश- २ सरकारले खरिद गरेका २ वटा ‘रियल टाइम पीसीआर मेसिन’मध्ये एउटा जनकपुरमा सञ्चालनमा आएको छ। आज बिहान सामाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरमा स्थापना गरिएकाे ल्याबको निरीक्षण पश्चात् सो ल्याब (प्रयाेगशाला) र मेसिन सञ्चालनमा ल्याइएको हो ।
सञ्चालनमा आएको उक्त मेसिनले एकलटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन लटसम्म जाँच हुनेछ । जनकपुरको मेसिन सञ्चालन भएलगत्तै प्राविधिक टोली राजविराजतिर प्रस्थान गरेका छन् । राजविराजमा रहेकाे अर्काे मेसिन पनि १-२ दिनमै सञ्चालनमा आउनेछ ।
निरिक्षणमा मन्त्री साहसँगै मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे, जनकपुरधामका मेयर लालकिशोर साह, स्वास्थ आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा प्रमोद यादव लगाायतको सहभागीता थियो ।
मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्नपूर्व निर्देशक डा राजकुमार महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र पनि हस्तान्तरण गर्नुभयो ।
Leave a Reply