बारामा एकैदिन २२ जनामा कोरोना सं,क्रमण पुष्टि, २१ जना भारतबाट आएका थिए

वसन्त खतिवडा

बारा, १२ जेठ । बारामा आज एकैदिन २२ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । कि टजन्य रोग अ नुसन्धान तथा तालिम केन्द्र मकवानपुर र राष्ट्रिय जन स्वास्थ्य प्र योगशाला टेकुमा गरिएको प रिक्षणका क्रममा बाराकाे महागढीमाई नगरपालिकाका २१ जना र एक जना प्र हरी जवानमा कोरोना पुष्टि भएको हो ।

महागढिमाई नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ जना व्यक्ति केही दिनअघि भारतबाट नेपाल आएका हुन् । उनीहरुलाई नेपाल प्रवेशसँगै क्वारेन्टाइनमा राखिएको थियो । आज सं,क्रमित भएकाहरु १८ वर्षका ४ जना १९ वर्षका २ जना २० वर्षका ३ जना २४ वर्षका २ जना २५ वर्षका ३ जना, २६ वर्षका १ जना, ३० वर्षका १ जना, ३१ वर्षका ए१ जना ३६ वर्षका २ जना ४० र ५० वर्षका एक एक जना रहेका छन् ।

उनीहरुको स्वा स्थ्य अवस्था सामान्य रहेको छ । अहिले उनीहरु सबैलाई कलैया अ स्पतालमा रहेको आ इसोलेशन वार्डमा राख्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*