मनोज श्रीवास्तव
कपिलवस्तु, १२ जेठ । कोरोना भा?इरस सं,क्रमण (म,हामारी) अ,न्त्यको कामना गर्दै कपिलवस्तुका इस्लाम धर्मवालम्बीहरुले ईद उल फित्र (ईद) नमाज पढ्ने भएका छन् । उनीहरुले सामुहिक रुपमा इदगाहा नमाज नपढेर घर-घरमै बसेर नमाज पढने भएका छन् ।
सामुहिक रुपमा खुसी साटेर मनाउन नपाए पनि घरैमा बसेर विशेष प्रार्थना गर्ने तौलिहवा जामा मस्जिदका अध्यक्ष राउँफ खाँले बताउनुभयो । ईदको दिनमा इस्लाम धर्मावलम्बीहरूकाे नयाँ कपडा लगाउने चलन रहेको छ, तर यस वर्ष कोरोना म,हामारीका कारणले नयाँ कपडा नलाउने र त्यसमा खर्च हुने पैसा बरू गरिबहरुलाई दान दिने अध्यक्ष राउफ खाँले बताए ।
‘मुस्लिम धर्मवालम्बीहरुको सबैभन्दा ठूलो चाड इद उल फित्रकाे दिनमा हामी सबैलाई धन्याबाद दिन चाहन्छौँ,’ धर्मगुरु अली हसनले भने, ‘ईदको दिनमा हामी सामुहिक रुपमा नमाज पढ्न नपाउँदा हामी दु :खी त भएका छौं तर कोरोना भा,इरस सं,क्रमण अ,न्त्यकाे कामना गर्दै सबैले आ-आफ्नो घरमा बसेर प्रार्थना गर्नेछाैँ ।’
अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिनाको पहिलो दिन सोमबार देशभरमा मुस्लिमधर्मवालम्बीहरु विशेष नमाज पाठ गरी ठुला-बडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाँउदै छन् ।
-न्यूज२४
Leave a Reply