तारा आचार्य,
वि,राटनगर, ११ जेठ । आइतबार थप एक जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश १ मा कोरोना सं,क्रमितको संख्या ८७ पुगेको छ ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालमा कोभिड १९ परीक्षण केन्द्रमा गरिएको परीक्षणमा झापा बारदसीका १ जना पुरुषमा कोरोना पो जिटिभ देखिएको होे ।
विराटनगर स्थित कोभिड उपचार केन्दमा ३५ जनाको उपचार भइरहेको छ भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ जनाको उपचार भइरहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कोभिड उपचार केन्द्र विराटनगरबाट २६ जना कोरोना मुक्त भएर गइसकेका छन् ।
प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै सं,क्रमितको संख्या पनि दिनहुँ थपिन थालेका छन् । प्रदेश नं. १ मा तीन स्थानबाट पीसीआर परीक्षण भइरहेको छ ।
कोरोन सं,क्रमितको संख्या बढे संगै प्रदेशका विभिन्न अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ भने विराटनगर स्थित कोभिड उपचार केन्द्रमा सं,क्रमितहरुको उपचार गरिदै आएको छ ।
सं,क्रमितहरु सवैको स्वा स्थ्य अवस्था सामान्य रहेको सं,क्रमितको उपचारमा खटिएका स्वा स्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।-न्यूज२४
Leave a Reply