पहिला राष्ट्रियता, अनी मात्र साथीभाई’,प्रम ओलीलाई सलाम : नायिका निता

काठमाडौ । नायिका नीता ढुंगानाले अहिले देशमा विभिन्न खालको सम,स्या उत्पन्न भैरहेको बताएकी छिन् । फेसबुकमा करिब ४७ मिनेट आफ्नो भनाई राख्ने क्रममा उनले सबैभन्दा पहिले मानिसले आफ्नो राष्ट्रियताको बिषयमा सोच्नुपर्ने बताएकी छिन् ।

नीता भन्छिन्–‘सबैभन्दा पहिले मैले राष्ट्रियतालाई राख्नुपर्छ । अनीमात्र परिवार, साथीभाई आउँछन् । तर, पहिलो प्राथमिकता राष्ट्रियतालाई रोज्नुपर्छ । राष्ट्रप्रति आएको समस्यालाई हामीले अवलोकन गर्न जरुरी छ ।’

उनले, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आत्मविश्वासलाई सलाम गर्न चाहेको पनि बताएकी छिन् । प्रधानमन्त्रीले बोलिसकेपछि आफूहरुले पनि बोल्न सजिलो भएको उनको तर्क छ ।

नीता भन्छिन्–‘आफ्नो भूमी भएकै कारणले नेपालले निडर भएर दा बी गर्न सकेको छ । आफना् भूमी फि र्ता ल्याउन हामी सबै लाग्नुपर्छ ।’

नीताले यो समयमा दल विभाजित भएर झ गडा गर्नुभन्दा पनि एकजुट भएर देशको लागि ल ड्नुपर्ने बताएकी छिन् ।

हिन्दी भाषामा समेत आफ्नो भनाई राख्ने क्रममा नीताले नेपालको भूमीको बिषयमा वुझेर मात्र बोल्न भारतीय मिडियालाई चे,तावनी दिएकी छिन् ।

मनिषा कोइरालाको एउटा ट्विटले नै भारत हल्लिएको भन्दै नीताले नेपालको बिषयमा भारतीय मिडियाले बोलेको कुरा आफूहरुले सहन नसक्ने पनि बताएकी छिन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*