अभिमन्यू लामिछाने,
उदयपुर, १० जेठ । लकडाउनको मौका छोपेर उदयपुर र सिन्धुलीको सीमानामा अ,वैध रुपमा कमला नदीको दोहन बढेको छ ।
उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ र सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ११ को सीमास्थलमा पर्ने कमला नदीमा अ,वैधरुपमा नदीको दो हन बढेको हो ।
सिन्धुली तर्फको एक क्रसर र उदयपुृर तर्फको बालुवा प्रशोधन वासिङ्ग मेसिनले नदीबाट अ,वैध रुपमा गिट्टी बालुवा उत्खनन् गरिरहेका छन् ।
नदीको दो हन हुँदा नदीले खेती योग्य जमिनमा क्ष ति गर्नुका साथै नजिकैका वस्ती समेत जो खिममा पारेकोले खोलाबाट ढुंगा, गिट्टी बालुवा निकाल्न र क्रसर उद्योग समेत ब न्द गर्नुपर्ने कटारी २ का स्थानीय नातीवावु भट्टराईले बताउनुभयो ।
वातावरण प्रभाव मूल्याकंन आईईईका अनुसार नदीमा १ मिटर भन्दा बढी उत्खनन गर्न नपा ईने भएपनि सो क्षेत्रमा ५ मिटरसम्म गहिराईमा नदीको दोहन गरिएको छ ।
स्थानीयले दुधौली नगरपालिकाले सबै नाकामा लकडाउनमा कडाई गरी आउजाउ बन्द गरेको अवस्थामा खुलेआम सयौं ट्रिपर सञ्चालन गरेकोले मिलेमतोमा अ वैध उत्खनन् भएको हुनसक्ने बताएका छन् ।
दुधौली नगरपालिकाले नगरको सबै नाकामा सुर क्षाकर्मी तैनाथ गरेर ढाँट राख्दै अत्यावश्यक बाहेकका सबैलाई आउजाउ ठप्प पारेको समयमा सीमा नाकाबाटै उत्खनन् भईरहेको हो ।
अनुगमनमा पुगेका कटारी नगरपालिकाका उममेयर भीमकुमारी राउतले यो प्रकृति र नियममाथिको अ त्याचार भएकाले तुरुन्त बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।-न्यूज२४
Leave a Reply