केदार शर्मा
चितवन, १० जेठ । चितवनमा एकै परिवारका तीन जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका- ६ केशरबागमा रहेका तीन जनामा कोरोना सं,क्रमण भएको भरतपुर अ स्पताल विकाश समितिका अध्यक्ष भोजराज अधिकारीले जानकारी दिनुभयो ।
हिजो शुक्रबार केशरबागका एक दम्पतीमा सं,क्रमण देखिएपछि छोरामा समेत सं,क्रमण रहेको पाइएको हो । बाबुआमामा कोरोना देखिएपछि छोरोको पनि परिक्षणको क्रममा सं,क्रमण रहेको पाईएको हो ।
५२ वर्षीय छोरा आमाबाबुको रेखदेख गर्दै आएका थिए । उनी आफ्ना बाबुआमाको उ,पचारपछि भारतको दिल्लीबाट आमाबुबासँगै आएका थिए । उनका बाबुआमामा कोरोना सं,क्रमण पुष्टि भएसँगै घरवरपरको क्षेत्रलाई सि ल गरिएको थियो । अहिले तीनै जनाको भरतपुर कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वा स्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि चितवन राप्तीका आमा-छोरामा पनि कोरोना सं क्रमण भई निको भएर घर फर्किसकेका छन् । चितवनमा हालसम्म ५ जनामा सं क्रमण पुष्टि भइसकेको छ ।-न्यूज२४
Leave a Reply