अहिले नेपालमा लकडाउन छ । अधिकांश घरभित्रै छन् । उदेगलाग्दो त के भने, कोरोना भाइरसको सं,क्रमण बढ्दो छ । दिनहुँजसो सं,क्रमितहरू थपिने क्रम यथावत छ । यो क्रम बढ्दै गएमा र त्यसका लागि उचित उ पचार व्यवस्था गर्न सकिएन भने के होला ? स्थिति निकै भया वह हुने निश्चित छ ।
अहिलेसम्म जति सं क्रमित छन्। उनीहरूमा कोरोना भा इरसको असर कस्तो र कसरी देखिएको छ भनेर अध्ययन भएको छैन। त्यसैले कोरोना भा,इरसको सं,क्रमणपछि पूर्णत: निको हुने दर र अन्य ख तराबारे अहिले नै आकलन गर्न सकिएको छैन । तर, नेपालमा जति सं क्रमित छन्। उनीहरूमध्ये धेरैजसो निको भएर फर्किएका छन्। त्यसैले कोरोनो सं क्रमण हुँदैमा ड राइहाल्नुपर्ने अवस्था छैन। यद्यपि सचेत र सर्तक भने हुनैपर्छ।
१. कोरोना पूर्णरूपले नियन्त्रण नहुन्जेलसम्म कतै आउजाउ गर्ने, पाहुना लाग्ने, भ्रमण गर्ने योजना रद्द गरौं।
२.सम्भव भएसम्म घरबाहिर खाना खाने नगरौं । आवश्यक वा बाध्यात्मक स्थितिमा त घर बाहिर खानुपर्छ नै । यद्यपि स्वाद फेर्नका लागि घर बाहिरको खानेकुरा खाने नगरौं ।
३. कुनै पारिवारिक समारोह जस्तै विवाह, व्रतबन्ध, पास्नी वा जमघटमा सकेसम्म सहभागी नभएकै राम्रो । यदि सहभागी हुनै परे निश्चित दुरी कायम गर्ने, सफाइमा ध्यानदिने गरौं ।
४. भेटघाटमा शरीरिक दुरी कायम गरौं ।
५.अनावश्यक हिँडडुल एवं यात्रा गर्दै नगरौं ।
६. भिडबाट बचौं । भिडभाड यो महामारी फैलाउने प्रमूख कारक तत्व हो ।
७.ज्वरो आएको, खोकिरहेको, हाच्छ्युँ गरिरहेको व्यक्तिको नजिकै नपरौं। त्यस्ता व्यक्तिलाई सुरक्षित रुपमा रहन र आवश्यक स्वास्थ्य सर्तकता अपनाउनका लागि सहयोग गरौं ।
८. घरबाट बाहिर जाँदा मुख र नाक टम्म ढाकिने गरी फेस मास्क लगाउन नभुलौं।
९. सार्वजनिक स्थलका कुनै पनि वस्तुहरू छुँदा त्यो सतहलाई ७०% भन्दा धेरै अल्कोहल भएको सेनिटाइजरले निर्मलीकरण गरेरमात्र छुने गरौं ।
१०. कुनै वस्तुको लेनदेन गर्दा पञ्जाको प्रयोग गर्नेगरौं ।
११.कुनै सतह वा वस्तुहरू छोएपछि साबुन पानीले मिचिमिची हात धोइहालौं वा ७०% भन्दा धेरै अल्कोहल भएको सेनिटाइजरले निर्मलीकरण गरिहालौं ।
१२. केही समयको लागि मांशाहारी भोजनलाई त्यागौं र शाकाहारी भोजनलाई प्राथमिकता दिनुहोस ।
१३.प्रतिरक्षा प्रणालीलाई सबल बनाउनका लागि दैनिक राति ९ बजेदेखि बिहान ५ बजेबीच ८ घण्टा निदाउने, प्रशस्त पानी पिउन, दैनिक योगाभ्यास एवं ध्यान गर्ने, कपालभाती, भष्त्रिका एवं सूर्यभेदन जस्ता प्राणायाम गर्ने, शाकाहारी बन्ने, प्रसस्त फलफूल एवं तरकारीको सेवन गर्ने, दैनिक घाम ताप्ने, प्रशस्त रेशा र चोकर भएका खानेकुराहरू खाने, हप्ताको एक दिन उपवास (व्रत) बस्ने, सकारात्मक सोच्ने, प्रकृतिनजिकै रहने, धुम्रपानको एवं मद्यपान त्याग्ने, चिनीको एवं कृत्रिम चिल्लोको सेवन नगर्ने, जंकफुड, रिफाइन्डफुड नगर्ने ।
१४. धार्मिक स्थल, सार्वजनिक योग, हजामको दोकान, ब्युटीपार्लर, जिमखाना आदि जानबाट बचौं ।
१५. कोरोना महामारी तत्काल निर्मूल हुने समस्या हैन र यससँग कसरी सुरक्षित बाँच्ने भनेर दीर्घकालीन सोच बनाउनुहोस् । त्यहीअनुसार जीवनलाई सहज बनाउँदै लानुहोस् ।
१६. हातमा औंठी, बाला, चुरा, हाते घडी लगाउनु, नङ पाल्नु पनि त्यति उचित हुँदैन ।
१७. घरबाहिर गएर आएपछि सो कपडालाई धोइदिनुस्। साथै जुत्तालाई सेनिटाइज/निर्मलीकरण गरेरमात्र प्रयोग गर्ने गरौं। शंकास्पद स्थानमा गएर आउनुभएको भए तुरून्त नुहाउनुपर्छ ।
१८. लगातार तातो पानीको सेवन गरौं । तातोपानीले संक्रमणलाई निस्तेज गर्न सहयोग गर्छ ।
१९. गुर्जो, दालचिनी, जिरा, धनियाँ, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, यष्टिमधु, पिप्ला, अदुवा, मरिच आदिमध्येे कुनै एक वा एकभन्दा ज्यादा जडीबुटीहरू मिसाएर सेवन गर्ने गरौं ।
२०. व्यक्तिगत स्वच्छतालाई अत्यन्त महत्वका साथ लागू गरौं । स्वच्छता अपनाएर पनि कोरोना संक्रमणलाई माथ दिन सकिन्छ ।
२१. नाक, मुख एवं गलाको सफाइका लागि जलनेती, कुञ्जल, वाष्प ग्रहण, एवं नाक एवं मुखमा नौनी घिउ वा तोरीको तेल हाल्ने गरौं ।
२२. सूक्ष्म पोषक तत्वहरू जस्तै भिटामिन सी, भिटामिन डी एवं जिङ्क जस्ता तत्व भएका खाद्यपदार्थ खाने गरौं ।-अनलाइन खबर
Leave a Reply