भक्तपुरमा स्थानीय दोस्रो व्यक्तिमा कोरोना भा,इरस सं,क्रमण, सं,क्रमित जनप्रतिनिधि रहेकाे खुल्याे

रामगोपाल तमखु

भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाभित्र स्थानीयमा एक हप्ताभित्र दोस्रो व्यक्ति कोरोना भा,इरस सं,क्रमण पत्ता लागेको छ ।

नगरपालिकाले स्वाब संकलन गरेको तेस्रो दिनमा वडा नं. ९ बस्ने वर्ष ४२ की एक महिलामा कोराना भा,इरस सं,क्रमण भएको टेकुस्थित राष्ट्रिय जनस्वा स्थ्य प्रयोगशालाले शुक्रबार पुष्टि गरेको हो ।

सं,क्रमित महिला वडा नं. ९ तुमचो दुगुरे (हाल मालपोत भएको क्षेत्रमा) बस्ने जनप्रतिनिधि (वडा सदस्य) रहेकाे नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयाे । भक्तपुर नगरपालिकाले आरडीटी विधिबाट गरेको परिक्षणमा त्रु टि देखिएपछि सिधै पीसीआर प्रविधिको लागि स्वा ब संकलन शुरु गरेको थियाे ।

यसअघि मंगलबार भक्तपुर नगरपालिकाका स्थानीयलाई पहिलोपटक कोरोना सं,क्रमण देखिएकाे थियाे । नगरपालिकाले बुधबार जनस्वा स्थ्य कार्यालय च्याम्हासीहँमा जनप्रतिनिधि, सफाई कर्माचारी , स्था स्थ्यकर्मीको कोरोना परीक्षणका लागि स्वा ब संकलन गरिएको थियो ।

स्वाब संकलन गरी टेकु पठाएकामध्ये २९ जना जनप्रतिनिधिको रि पाेर्ट आएको छ । जसमध्ये एक जनाको भने पो जेटिभ देखिएको नगरप्रमुख प्रजापतिले बताउनुभयो । सं,क्रमणलाइ समुदायमा फैलिन नदिन सं,क्रमित बसोवास गर्ने घरलाई प्रहरीले सि ल गरेको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*