मनिषाको माटोप्रेम : भारतीयहरु जल्दै भन्न थाले , भारतको खाएर चीनको गीत गाइन्

काठमाडौं, ७ जेठ । ‘जननी जन्मभूमिश्च स्वर्गाद्धपी गरियसी’ आफू जन्मेको धर्ती र आमाको काख भन्दा ठूलो स्वर्ग अर्को छैन पनि । सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आम नेपाली अहिले यही गर्ववोध एवं अनुभूतिले हर्षित र पुलकित छन् ।

बुधबार आम नेपालीको यही सपना साकारा हुँदा यो दिनले नेपालको इतिहासमा अमरत्व कायम गर्ने भएको छ । नयाँ नक्सा जारी गर्ने निर्णयलाई स्वागत गर्नेहरुको ठूलो लर्कोमा उभिन पुगिन नेपाल आमाकी छोरी एवं चर्चित अभिनेत्री मनिषा कोइराला पनि । उनले यो आम नेपालीका लागि गर्विलो दिन भएको उल्लेख गर्दै तीन देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा पनि गरिन । तर उनको यो देशप्रेम , माटोप्रेम उनले कर्मघर बनाएको बलिउड र विशेष गरी भारतीयहरुलाई भने असैह्य भएको छ ।

बलिउडमा लामो समय काम गरेकी अभिनेत्री मनीषा कोइराला पनि नेपाल सरकारले जारी गरको नेपालको नक्साको समर्थनमा उभिएपछि भारतमा उनको विरोध सुरु भएको । नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्साको पक्ष लिदै मनिषा कोईरालाले सामाजिक सञ्जाल ट्वीटरमा ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नका लागि धन्यबाद हामी सबै अब तीनै महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतीक्षामा छौं भनेर आज भन्दा दुई दिन अगाडि ट्वीट गरेकी थिइन् ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले छिट्टै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएपछि मानिषा कोइरालाले उक्त ट्वीट गरेकी थिइन् । जुन अहिले भारतीय मिडियाले आलोचनाको विषय बनेको छ । भारतीय मिडियाले उनलाई भारतको खाना खाएर चीनको गीत गाउने सम्मको आरोप लगाएको छ । भारतीय मिडियाले मानिषाले जे जति पायो सबै भारतले दिएको दाबी गरेको छ ।

कालापानी र लिपुलेखलाई लिएर भारत र नेपालबीचको सीमा विवादको बीचमा अभिनेत्री मनीषा कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले अहिले भारतमा तहल्का मचाएको छ । त्यतिमात्र नभइ भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस अरु ठाउँबाट आएको भन्दा कडा बताएकोको बारेको पनि प्रसंग उठाएर कोकोहोलो मच्चाउन थालेको छ ।

भारत सरकारले एकतर्फी रुपमा लिपुलेकमा सडक खण्डको उद्घाटन गरेपछि त्यसको जवाफमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरु अहिले आफ्नो चीरपरिचित पहिचान देखाउन थालेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*