काठमाडौँ, ७ जेठ । मन्त्रिपरिषद बैठकले हालै पारित गरेको नेपालको नयाँ राजनीतिक नक्सा मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गर्नुभएको छ । भारतीय अ,तिक्रमण परेका लि,म्पियाधुरा, का,लापानी र लि,पुलेकसहितका भूभाग समेटिएको नयाँ नक्सा प्रमाणित भएसँगै सार्वजनिक गर्ने तयारी थालिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावमा मुख्य सचिव रेग्मीले मंगलबार नै उक्त नयाँ नक्सा प्रमाणीकरण गर्नुभएको हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्न नक्सा पारित गरेको थियो ।
आजै (बुधबार) सो नयाँ नक्सा भूमि व्यवस्था मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ । स्रोतका अनुसार सो नक्सा आजदेखि सार्वजनिक गरेर देशैभर आवश्यक प्रयोजनमा प्रयोगमा ल्याउने व्यवस्था गरिने भएको छ ।
सो नयाँ नक्सा प्रयोगमा आएपछि नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर कायम हुनेछ । यद्यपि नक्सामा मात्र सो क्षेत्रफल कायम गरेर स,मस्या समाधान नहुने भएकाले यसका लागि भारतसँगै कू,टनीतिक संवादका माध्यमबाट भूमि फि,र्ता लिनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदमा नयाँ नक्साअनुसारै का,लापानी लगाउतका भूभागबाट फि,र्ता ल्याएरै छाड्ने बताउनुभएको थियो ।
Leave a Reply