७ जेठ, काठमाडौं । काठमाडौंमा मंगलबार भेटिएका तीन जना कोरोना सं,क्रमितमध्ये एकजना गोकर्णेश्वर नगरपालिका–४ को रहेको खुलेको छ ।
डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना सं,क्रमण पुष्टि भएको हो ।
गोकर्णेश्वर नगरपालिकाले हालै बाहिरी जिल्लाबाट आएका मानिसको खोजी गर्दा उनलाई भेटेर परीक्षण गर्न पठाएको थियो । उनको स्थायी घर गोकर्णेश्वर नगरपालिका-४ माइती नेपाल भन्ने ठाउँमा भए पनि लकडाउनका बीच उनी भैरहवा पुगेका थिए ।
उनलाई विहानै पाटन अस्पतालको आइसोलेसन वार्डमा लगिएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले बताए । ‘उहाँले कोकोलाई भेट्नुभएको छ, त्यसको कन्ट्याक ट्रेसिङको सुरु भइसकेको छ’ उनले भने ।
मंगलबार नै उनलाई कोरोना सं,क्रमण भएको थाहा पाइसकेपछि विहानै नगरपालिकाको एम्बुलेन्समा राखेर अस्पताल लगिएको ढुंगानाले बताए ।
नगरपालिकाले उनको सम्पर्कमा आएको परिवारको स्वाब परीक्षण गर्न लागेको छ । बुधबार विहानदेखि सं,क्रमित बसेकोे टोल पनि सिल गरिएको छ ।-अनलाइन खबर
Leave a Reply