वि,देशबाट ह्वारह्वारी ल्याउने पक्षमा छैनौं : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वि,देशमा रहेका नेपालीहरुको उ,द्दार भने जस्तो सजिलो नभएको बताएका छन् । यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फि,र्ता लगेजस्तो नभएको बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने ४ लाख ल्याउनु एउटै होइन ।’

आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुख लगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको उनले सुनाए । साथै स,मस्यामा परेका नेपाली नागरिकहरुलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको बताए ।

वि,देशमा रहेका नेपालीहरुलाई ल्याउनुपर्छ भन्न मात्र सजिलो तर तयारी गर्न गाह्रो भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ह्वारह्वारी ल्याउने, को,रोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।’-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*