सुरेश श्रेष्ठ
दाङ, ६ जेठ । घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गरी भारतबाट सीमा क्षेत्रमा आइपुगेकाहरूको उ,द्धार सुरू गरेको छ ।
नगर कार्यपालिकाबाट प्रत्येक वडामा क्वारेन्टाइन बनाउने र सीमा क्षेत्रमा आई पुगेका नगरबासीहरूलाई सु,रक्षित ढंगले उ,द्धार गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण अ लपत्रमा परेका नगरका बासिन्दालाई सिमामै पुगेर बसमार्फत सम्बन्धित वडाको क्वारेन्टाइनमा पु¥याउन सुरू गरेको नगर प्रमुख नरूलाल चौधरीले जानकारी दिए ।
लु,किछिपी र पैदल यात्रा आउँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिए पनि नगरभित्रका नागरिकहरूको जिम्मा लिने निर्णय अनुसार उद्धार र क्वारेन्टाइनमा व्यवस्थापन गर्न सुरू गरिएको नगर प्रमुख चौधरीको भनाइ छ ।
घोराही उपहानगरपालिकाभित्रका करिब १३ सय नागरिक भारतबाट आउने अनुमान गरिएको छ । अहिले प्रत्येक वडाहरूले विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गरी धमाधम निर्माणको काम गरिरहेका छन् । तत्कालका लागि करिब ५० जना अट्ने गरी क्वारेन्टाइन निर्माणको काम भैरहेको छ ।
नगरले आइतबारबाट कोइलाबास र कृष्णनगर नाकामा आएका नागरिकहरूलाई उद्धार गरेर ल्याउन बस परिचालन गरेको जनाएको छ । नगरमा यस अघि करिब १३ सय नागरिकहरू भारतबाट आईसकेको तथ्यांक नगरसँग रहेको छ । क्वारेन्टाइन निर्माण गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नै बनाउन अधिकतम प्रयास भएको नगरले जनाएको छ ।
भारतबाट आउने सबै अनिवार्य तोकिएका अनुसार क्वारेन्टाइनमा बस्ने र पिसिआर जाँच हुने नगर प्रमुख चौधरीले जानकारी दिए । अहिले वडाहरूमा धमाधम क्वारेन्टाइन बनाउने काम भैरहेको छ ।-न्यूज२४
Leave a Reply