कालापानी नेपालको हो , फिर्ता ल्याएरै छाड्छौ र देशमा दीपावली गर्छौ : प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी नेपालको भएको प्रष्ट पार्दै फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्ति गर्नु भएको छ ।

उहाँले विक्रम सम्बत २०१८ सालसम्म त्यहाँ नेपाल सरकारले तिरो उठाउदै आएको चर्चा गर्दै पछि त्यहाँ नेपालको उपस्थिति बन्द भएको बताउनु भयो । उहाँले त्यतिखेरका शासकहरु पछि हटेपनि अब लिम्पियाधुरा लिपुलेक र कालापानीबाट बर्तमान सरकार पछि नहट््ने अडान व्यक्त गर्दै भन्नुभयो ‘हाम्रो भूभाग हो हामी फिर्ता लिएर छाड्छौ । ’

कालापानीको जमिनमा कुनै पनि विवाद नरहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले कुटनीतिक माध्यमबाट गुमेको विवाद फिर्ता लिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा वैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकार तथाकथित राष्ट्रवादमा विश्वास नराख्ने बताउनु भएको छ ।

नेपाल दुई ठूला शक्तिको बिचमा रहेको उल्लेख गदै उहाँले नेपाल जस्तो सानो मुलुकले देखावा राष्ट्रवाद र लम्पसार राष्ट्रवादको बाटो समात्नु नहुने प्रष्ट पार्नु भएको छ ।

उहाँले कालापानी फिर्ता ल्याएर नेपालमा खुसीको दीपावली गरिने पनि प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*