५ जेठ, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले कोरोना महामारीको अहिलेको समयमा बाँ च्नु र ब चाउनु नै सरकारको मुख्य प्रथमिकता हुनुपर्ने बताएका छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद चौधरीले नीति तथा कार्यक्रममा विगतदेखि सञ्चालनमा रहेका कतिपय आयोजनाको व्याख्या गरिए पनि आजका प्राथमिकता बाच्नु र बचाउनु नै रहेको उल्लेख गरे ।
‘रो जगारी, गु म्दैछन्, उद्योगधन्दा ब न्द छन्, सडकमा उभिएका दिनहुँ काम गरेर हातमुख जोड्नुपर्ने बा ध्यता भएका का मदार का मविहीन रहेका छन्,’ उनले भने । नाङ्लो पसले, रिक्सा चालकदेखि लिएर समाजको हरेक वर्ग कोभिड १९ र कोभिड भन्दा अगाडि भो कमरीले मरिने हो कि भन्ने त्रा समा रहेको उनले उल्लेख गरे ।
खुलेका उद्योग नै चल्न नसकेको अवस्थामा भोलिको दिनमा नयाँ उद्योग खुल्ने र लाखौं रो जगारी दिने उद्घोष दिवास्वप्न मात्र हुने चौधरीले बताए ।
बे रोजगारी अबको ठूलो चु नौती रहेको भन्दै उनले विदेशबाट ठूलो संख्यामा युवा जनशक्ति फर्कने क्रममा रहेकाले उनीहरुलाई कृषिमा लगाउन सक्नुपर्ने धारणा राखे ।
भारत र चीनबाट आयात हुने तरकारीमात्र प्र तिस्थापन गर्न सके पनि मुलुक आत्मनिर्भर हुने उनको भनाइ छ ।-अनलाइनखबर
Leave a Reply