भारतबाट फ र्किने क्रमसँगै रौतहटमा सं क्रमित बढे

गौतम श्रेष्ठ/५ जेठ, रौतहट । पछिल्लो दुई दिनमा मात्र रौतहटमा को रोना भा इरस (कोभिड–१९) का १८ नयाँ सं क्रमित भेटिएका छन् ।

सोमबार सरकारले घोषणा गरेका ९ मध्ये ८ जना सं क्रमित रौतहटका हुन् । उनीहरुमा ईशनाथ नगरपालिकाका ७ र माधवनारायण नगरपालिकाको एक जना छन् । आइतबार रौतहटको ईशनाथ र राजपुर नगरपालिकामा १० सं क्रमित भेटिएका थिए ।

रौतहटबासी रो जगारीका सि लसिलामा भारतका मुम्बइ, गुजरात, कलकता, हरियाणा, बिहार लगायतका स्थानमा पुगेका हुन्छन् । भारतमा ल कडाउन खुकुलो भएसँगै उनीहरु घर फ र्किन थालेका छन् । भारतबाट फ र्किनेहरु बढेसँगै जिल्लामा को रोना सं क्रमित पनि थ पिँदै गएका छन् ।

भारतमा रेल सेवा सुरु भएपछि सोमबारसम्म ५२० जना भित्रिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

यसरी आउनेहरुलाई उनीहरुको पायक पर्ने स्थानीय तहको क्वा रेन्टाइनमा पठाउने गरिएको छ । क्वा रेन्टाइनमा सात दिन बिताएकाहरुको थ्रो ट स्वा ब संकलन गरेर प रीक्षणका लागि पठाइनेछ । ११० जनाको स्वाब संकलन गरेर शुक्रबार राष्ट्रिय जनस्वा स्थ्य प्रयोगशाला, काठमाडौंमा पठाइएको थियो ।

‘भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा छन्,’ प्रजिअ घिमिरेले भने ‘भिटिएम अ भावका कारण  स्वाब प रीक्षणको काम सु स्त छ । थप किट माग गरेका छौं ।’-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*