बुटवलका जु म्ल्याहा दाजुभाइले बनाए ‘न र्स रोबोट’

टोपराज शर्मा/ ३ जेठ, बुटवल । बुटवलका जु म्ल्याहा दाजुभाइ लव–कुश पन्थीले ‘न र्स रोबोट’ निर्माण गरेका छन् । को रोना विशेष अ स्पतालमा मानव जनशक्तिको सट्टा यन्त्र मानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरुले ‘गो को रोना’ नामको न र्स रोबोट बनाएका हुन् ।

एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । ४ फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।

मोबाइलमा हेरेरै एप्लिकेसनमार्फत रोबोटलाई चलाउन, दिशा परिवर्तन गर्न र रोक्न सकिन्छ । १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दूरीसम्म जान र फर्कन सक्छ ।

रोबोटलाई चाहेको दिशामा गुडाउन र मोड्न सकिन्छ । यो रोबोट चलाउन इन्टरनेट पनि चाहिंदैन । ‘रोबोटले अ स्पतालको बेडमा रहेका बि रामीलाई औ षधि, सेनि टाइजर, पानी, खाना आदि पुर्‍याइदिन सक्छ’, निर्माणकर्तामध्येका एक लब पन्थीले भने, ‘भा इरस सं क्रमणको जो खिम नहोस् भनेर तामा, प्लास्टिक र प्लाइउडबाट रोबोट बनाएका छौं ।’

एक हप्तामा सफ्टवेयर बनाएपछि दुई हप्ता समय लगाएर रोबोटको हार्डवेयर (शरीर) तयार गरेको कुश पन्थीले बताए । रोबोट बनाउन ७० हजार रुपैयाँ खर्च भएको उनीहरुले बताए ।

लब–कुश तिलोत्तमा कलेजमा कक्षा ११ मा कम्प्युटर विज्ञान विषय पढ्दै छन् । उनीहरुले न र्स रोबोट शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरेका छन् ।

रोबोट सञ्चालनको अवलोकनपछि मन्त्री बरालले कलिलो उमेरमै जुम्ल्याहा दाजु भाइले गरेको वैज्ञानिक खोज र आविष्कारको सह्राहना गर्दै मन्त्रालयले रोबोट बनाउन लागेको खर्च ब्यहोर्ने बताए ।

उनले रोबोटलाई थप परिमार्जन गरी केही ठूलो आकारको र बोल्न सक्ने बनाउन सुझाव दिंदै त्यसका लागि लाग्ने खर्च पनि मन्त्रालयले दिने प्रतिवद्धता जनाए ।

‘को रोना जस्तै सं क्रामक रो गहरुको उप चारमा यस्ता मानवयन्त्रको प्रयोगलाई बढाउनुपर्छ भन्नेमा प्रदेश सरकार स्पष्ट छ’ मन्त्री बरालले भने । यसअघि लब–कुशले कक्षा ८ मा पढ्दै गर्दा पहिलोपटक अंगे्रजी भाषामा बोल्ने गो–गो–१ रोबोट बनाएका थिए ।

त्यसपछि नेपाली भाषा बोल्ने, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न सक्ने विशेषताको गो गो– २ र लब कुश मार्स रोबोट गरी तीनथरीका रोबोट बनाइसकेका थिए । केही दिनअघि उनीहरुले तिलोत्तमा प्रवेशद्वारामा जडान गरिएको स्टानिटाइजर स्टेशनका लागि सेनसर सिस्टम डिजाइन गरिदिएका थिए ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*