बाँके, ४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वा रेन्टाइनमा बसेका एक युवकको आज मृ त्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वा रेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वा स्थ्यावस्था अ सामान्य भएपछि क्वा रेन्टाइनमै मृ त्यु भएको गाउँपालिका नरैनापुरका स्वा स्थ्य शाखा संयोजक मोइन खानले बताए ।
उनका अनुसार बि रामीलाई उ पचारका लागि अ स्पताल लैजान ए म्बुलेन्स बोलाइए पनि ए म्बुलेन्स पुग्नुअगावै युवककोे मृ त्यु भएको थियो ।
क्वा रेन्टाइनमा बसेका युवकको मृ त्यु भएपछि नरैनापुरवासी त्र सित हुन पुगेका छन् । जिल्ला ज नस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वा स्थ्यमा स मस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृ त्यु भएको जानकारी दिए । को रोना प रीक्षणका लागि मृ तक युवकको स्वा ब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रि पोर्ट आउने उनको भनाइ छ ।
एकैदिन आठ स ङ्क्रमित भेटिएको नरैनापुरमा स ङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ ।
पहिलो चरणमा स ङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको को रोना प रीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वा स्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वा स्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वा रेन्टाइनमा राखिएका र स ङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदैछ । यसक्रममा आवश्यकताका आधारमा थप आ शङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ ।
भारतबाट आएका व्यक्तिमा स ङ्क्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले भारतबाट आएका नागरिकबाट को रोनाको जो खिम रहेकाले प रीक्षण गर्नगराउन गाउँपालिकावासीलाई आग्रहसमेत गरे ।
राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा म जदूरी गर्न गएका स्थानीयवासी अ लपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारे न्टाइनमा राखेको छ ।
गत बुधबार जिल्ला स्वा स्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वा स्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा को रोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टाइनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ ।
नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ । बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन् ।
Leave a Reply