बृ द्धभत्ता एक हजार र कर्म चारी तलब २५ प्रतिशतसम्म बढाउने तयारी

काठमाडौं । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो ।

बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु रक्षा भत्ता बढाउने पक्का भएको छ । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सु रक्षा भत्ता बढ्ने उल्लेख गरेको छ भने कर्मचारीको तलब बढ्ने विषय भने संकेत गरिएको थियो ।

मन्त्रालय श्रोतका अनुसार सामाजिक सु रक्षा भत्ता अन्तर्गत ज्ये ष्ठ नागरिककले पाउने वृ द्धा भत्ता मासिक एक हजार रुपैयाँले बढाउने लगभग पक्का भएको छ । तर कर्मचारीको तलब कति बढाउने भन्ने निर्णय हुन बाँकी छ ।

‘भत्ता १ हजार बढाउने गरी तयारी गर्न अर्थमन्त्रीज्यूले नै भन्नु भएको छ’ श्रोतले भन्योे, ‘कर्मचारीको तलव कति प्रतिशतले बढाउने भन्ने विषयमा भने निर्णय हुन सकेको छैन ।’ शुक्रबार कर्मचारीको तलव १२ देखि २५ प्रतिशतको बिचमा बढाउने छलफल भएको छ ।

अर्थमन्त्रीले आइतबार नै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व महालेखा परीक्षक लगायतसँग मंगलबार नै छलफल भएको छ । अर्थमन्त्रालय श्रोतका अनुसार छलफलमा आधा दर्जन बढी आयोगका पूर्व उपाध्यक्षहरू थिए भने अन्य अर्थविद्हरु पनि सहभागी थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*