भक्तपुरका एक जना सं क्रमित सश स्त्र प्र हरी रहेको खुलासा

३१ वैशाख, काठमाडौं । भक्तपुरमा भेटिएका दुई जना को रोना सं क्रमितमध्ये एकजना स शस्त्र प्र हरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा को रोना सं क्रमण पु ष्टि भएको छ ।

स्वा स्थ्य मन्त्रालय स्रोतका अनुसार को रोना सं क्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृ हमन्त्री हुँदा सु रक्षा टोलीका सदस्य रहेको बताइएको छ ।

दुवाकोटमा रहेको व्यक्तिलाई कसरी को रोना सं क्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।

अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।

दुवै सं क्रमित रहेका स्थानलाई सिल गरेर नि गरानी बढाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*