पास चाहियो ? खुसुक्क पाँच हजार दिए छाप लागेको पास बाहिर ढोकामै आइपुग्छ

काठमान्डौ , सरकारले लकडाउनमा अत्यावश्यक कामको लागि मात्र सवारी साधन चलाउन पाइने बताएको छ । तर, आवश्यक परेर अनुरोध गर्नेलाई विभिन्न बहानामा पन्छाउँदै निजी प्रयोजनको लागि पाँच हजार रूपैयाँमा सवारी साधन पास दिने गरिएको रहस्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बैशाख ३ गतेदेखि इ–पास लागू गरे पनि नजराना बुझाउनेलाई भने पुरानै मिति राखेर पहेँलो रंगको पास दिने काम रोकिएको छैन ।हिजो शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँचजना व्यवसायीले पाँच हजारका दरले पाँचवटा पहेँलो रंगको पास लिएका छन् ।

बैशाख २ गतेअघिको मिति लेखिएको पास मिलाउने काममा कार्यालय परिसरमा एजेण्टको काम गर्ने दुईजना र त्यहिँ तैनाथ सुरक्षाकर्मीको साँठगाँठ रहेको कार्यालय समयमा सजिलै देख्न सकिन्छ ।कम्तिमा पाँच हजार रूपैयाँ हात परेपछि यादव थरका प्रहरीले कार्यालयका कर्मचारीसँग मिलेमतो गरेर पास उपलब्ध गराउने गरेको स्रोतको दाबी छ । एजेण्टले पास चाहनेसँग लिएको रकममध्ये एक हजार राखेर अरु यादवलाई दिन्छन् । यादवले पनि एकहजार राखेर बाँकी रकम पास उपलब्ध गराउने कर्मचारीलाई दिएपछि दुई जना सहायक सिडियोमध्ये जीवन आचार्यको नाम र छाप लागेको पास बकाइदा बाहिर ढोकामै आइपुग्छ ।जनआस्था

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*