उर्लाबारी । उर्लाबारीमा आइतबारदेखी अत्यावश्यक पसलहरु दैनिक खुल्ने भएका छन् । उर्लाबारी नगरपालिका संकट व्यवस्थापन समितिको शुक्रबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खुल्दै आएका थिए । हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खुल्दा भिडभाड बढेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका थिए ।
अब आइतबारदेखि बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक पसल खुल्ला राख्ने निर्णय गरेको नगरपालिकाका प्रमुख खड्ग फागोले बताए । बैठकले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेको परिपत्रलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले जानकारी दिइन् ।
बैठकले स्टेशनरी पसल पनि खाेल्ने निर्णय गरेकाे उद्याेग वाणिज्य संघ उर्लावारीका अध्यक्ष प्रितम खड्गीले जानकारी दिए ।
Leave a Reply