काठमाण्डाै – राष्ट्रिय जनमोर्चा पार्टीले लिम्पियाधुरा हुँदै मानसरोवरसम्म भारतले सडक निर्माण गरेकोमा भ र्त्सना गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर यसबारेमा आफ्नो स्थिति स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘भारतीय सा म्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा वि रोध गर्दै आएको छ । तर भारतीय सा म्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै वि रोध प्रकट गरेको छैन । सरकारको त्यो नीति भारतपरस्त छ ।’
अर्को प्रसङ्गमा राष्ट्रिय जनमोर्चाले एमसीसी पनि इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भन्ने कुरा स्पष्ट भइसकेकाले एमसीसी अस्वीकार गर्नुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा एमसीसी सम्झौतालाई संसदद्वारा पारित गराउन अमेरिकाले नेपाललाई दबाब दिएको दाबी गर्दै त्यसको पनि विरोध गरिएकाे छ ।
भारतले लिम्पियाधुरा हुँदै मानसराेवरसम्म सडक निर्माण गरेकाेप्रति विभिन्न पार्टीले भर्त्सना गर्दै सरकारसँग तुरुन्त धारणा मागेका छन् ।-उज्यालो
Leave a Reply