भारतीय क्वा रेन्टाइनमा ४० दिनदेखि नेपाली : एक छाक खानाका लागि त ड्पिदै

भगतराम थारु,

नेपालगञ्ज, २७ बैशाख । भारतका विभिन्न शहरमा मजदुरी गरी नेपाल फर्किएका नेपाली भारतमै अ लपत्र परेका छन् ।

भारतको नानपारामा करिव १ सय ५० बढी नेपाली भारतकै क्वारेन्टाइनमा बसिरहेका छन् । नेपाल सरकारले वास्ता नगरेको उनीहरुको गु नासो छ ।

एकै कोठामा थु निएर बस्नु परेको र न खाना राम्रो नत बस्ने सुविधा नै भन्दै उनीहरुले नेपाल फर्काए नेपालकै क्वारेन्टाइनमा बस्ने बताएका छन् ।

संगै आएका अन्य प्रदेशका साथीभाई प्रदेशका मुख्यमन्त्रीको पहलमा नेपाल फर्किए पनि प्रदेश नं। ५ का नेपाली नागरिकहरु भने अहिले पनि भारतको नानपारामा ४० दिनदेखि क्वारेन्टाइनमै बस्नु परिरहेको उनीहरुको गुनासो छ ।

नेपालगञ्ज नाका भएर नेपाल आउन लागेका उनीहरुलाई भारतीय सुर क्षाकर्मीले रुपैडियाबाट लगेर भारतको बराइच जिल्लास्थित नानपारा क्वारेन्टाइनमा राखेपछि नेपाली नागरिकहरुको दैनिकी क ष्कर बन्दै गएको क्वारेन्टाइनमा रहनु भएका चित्रबहादुर तामाङले बताउनुभयो ।

शुक्रवार पनि नेपाल भारत सीमानाका रुपैडिहा आएका १५ जना नेपालीलाई नानपाराकै क्वारेन्टाइनमा पठाइएको नेपाल स्थित एक सु रक्षा अधिकारीले बताएका छन् ।

नेपाली श्र मिकले सं कटपूर्ण जीवन जिउन परेको भन्दै स्वदेश फर्किने व्यवस्था मिलाइदिन मुख्यमन्त्री र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेका छन् । क्वारेन्टाइनमा रहेकाहरु १ सय ३२ जना चार वटा कोठामा खाँदिएर बस्ने गरेका छन् ।

‘रोग भन्दा भोक र चि न्ताले सताएको गुल्मीका विष्णु पौडेलको भनाइ छ । नानपारास्थित क्वारेन्टाइनमा पुराना र नयाँ ६५ जना क्वारेन्टाइनमा रहेका नेपालीसँग आफु नियमित सम्पर्कमा रहेको अम्बिकेश्वरी मल्टी यातायात प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले बताउनुभयो ।

नेपाल आउनका लागि उनिहरु दैनिक भिडियो बनाउदै हाल्ने र नेपाल सरकारलाई नेपाल लैजान आग्रह समेत गर्ने गरेको पनि ओलीले बताउनुभयो । क्वारेन्टाइनमा रहेका नेपालीले समयमा खान न पाएको गु नासो गर्ने गरेका मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकांगपिओका नगर सचिव मिथुन सिंहले जानकारी दिनुभयो ।

‘क्वारेन्टाइनमा रहेका नेपालीले एक छाकका लागि तड्पिनुपर्ने अवस्था छ, नेपालीलाई एक गाँस भातका लागि पर्खिनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो । का रागारभन्दा द यनीय अवस्था भारत सरकारका कर्मचारीले आफूलाई इच्छा लागेको बेला मात्र नेपालीलाई खान दिने गरेका सुदूरपश्चिम प्रदेशका नरबहादुर साहुले बताउनुभयो ।

‘खाना खाने बेला कहिल्यै नपाएको गाली खानुपर्दा मन कटक्क खान्छ, मुटु छियाछिया हुन्छ’, उहाँले दुखी हुँदै भन्नुभयो । भारतको दिल्लीबाट आउँदै गरेका गुल्मीका पौडेललाई भारतीय सुर क्षाकर्मीले रुपैडियाबाट नियन्त्रणमा लिएर नानपारास्थित क्वारेन्टाइन पु¥याएको जानकारी गराउनुभयो ।

‘न खाना राम्रो छ न त बस्ने कोठा र सुत्ने ठाउँ नै राम्रो छ । मच्छरले टोकेर रातभर सुत्न सकिन्न,’ पौडेलले भन्नुुभयो, ‘सायद यस्तो द यनीय अवस्था त का रागारमा पनि हुन्न होला ।’

कम्पनीले निकालिदिएपछि घर न घाटको अवस्थामा पुगको नानपारा क्वारेन्टाइनमा रहेको पौडेलेको भनाइ छ । आफुहरुलाई भारतीय क्वारेन्टाइनबाट निकालेर आफ्नै देशको क्वारेन्टाइनमा राख्नु पर्ने उहाँको आग्रह छ ।

नानपारास्थित क्वारेन्टाइनमा दाङ, बाँके, सल्यान, बर्दिया, दैलेख, कालिकोट, सुर्खेत, जुम्ला, र गुल्मीका करिव १ सय ५० जना नेपाली रहेका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*