ल कडाउनमा यसरी म जदुरलाई अन्जु पन्तले खुवाइन् खाना

काठमाडौ । करिव डेढ महिना लामो ल कडाउनको कारण धेरैलाई समस्या परिरहेको छ । अझ दैनिक ज्याला म जदुरी गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्न गाह्रो परिरहेको अवस्था छ ।

यस्तो समय धेरै संघ संस्था तथा व्यक्तिहरुले विभिन्न स्थानमा खाना खुवाइरहेका छन् । केही कलाकारहरु पनि यस कार्यमा जुटिरहेका छन् ।

गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् । ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् ।

यो कठिन परिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् ।

अन्जुले भनिन्, ‘लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो । तर, बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न सकिन । त्यसैले आफैँ खाना बोकेर बाहिर निस्किए ।’

अन्जुको हातबाट खाना खान पाउँदा मज दुरहरु पनि खुसी देखिन्थे ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*