२७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भ्रर्त सना गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अ तिक्रमणवि रुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने पनि बताएका छन् ।
श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतले अ नधिकृतरुपमा क ब्जा गरेको र आफैंले समेत वि वादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आ पत्ति प्रकट गर्दै भ र्त्सना गर्दछु । हामी सबै को रोनावि रुध्द ल डिरहेको अवस्थामा गरिएको यो अ तिक्रमणको वि रुध्द सरकारले तु कदम चालोस् ।’
भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । सो सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका छन् ।
नेपाल सरकारले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।-अनलाइन खबर
Leave a Reply