काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । भट्टराईले कोरोना भाइरस (कोभिड–१९) सं,क्रमणमा सरकारले लकडाउनबाहेक केही राम्रो गर्न नसकेको बताएका छन् ।
समाजवादी पार्टीका नेता भट्टराईले अरुले जस्तै नेपालले पनि लकडाउन गर्नु बा,ध्यता भएको बताए । सरकारले विदेशमा भएका नेपालीहरुलाई नआउन भनेको तर उनीहरु समस्यामा पर्न थालेको उनले सुनाए ।
भारतको गोवामा सरकारले नेपालीहरुलाई ‘घर जाऊ’ भनेको सुनाउँदै उनले अघि भने, ‘हाम्रो सरकारले ठोस निर्णय गर्न सकेको छैन । नेपालीहरु अलपत्र परेका छन् ।’ ‘अहिले एउटा भिडियो भाइरल भएको छ, यसबाट पनि हाम्रो आत्मा पग्लिएन । आँखाबाट आँ,सु आएन भने हामीले आफैंलाई सोध्नुपर्छ, हामी मानव हौं कि होइनौं ?’
भट्टराईले उल्लेख गरेको भिडियो भारतको क्वारेन्टाइनमा राखिएका नेपालीहरुमाथि भएको ह,प्कीद,प्कीको हो । उक्त भिडियोमा भारतीय अधिकारीहरुले नेपालीहरुलाई हामीले बोलाएर आएको हो ? तिमी आफैं आएका हौं । तिमीलाई हामी कसरी पाल्न सक्छौं ? जहाँ जान्छौ जाऊ भनिएको छ । तर नेपालीहरुले हात जोडेर म कहाँ जाऊँ ? बस्न देऊ भनिरहेका छन् ।
Leave a Reply