काठमाण्डौ । राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराज परिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।
पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।
१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् । भिडियो हेर्नुहोस
Leave a Reply