काठमाण्डौं । स्थायी कमिटीका २० जना सदस्य जसले वैशाख १० गते अध्यक्षद्वयलाई बैठकको माग गरि पत्र दिएका थिए । अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चाक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, पम्फा भुसाल, बेदुराम भुसाल, भीम आचार्य, भीम रावल, मणी थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले लिखित रुपमै स्थायी कमिटीको बैठक माग गरेका थिए ।
आजका लागि तय भएको स्थायी कमिटीको बैठक नबस्दा अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य नेपालकै सल्लाहमा धुम्बाराहीमा बैठक बसेको थियो । यो बैठकले पार्टी नेतृत्वलाई एक ढिक्का भएर बैठक बसाउनका लागि दवाव दिने निर्णय गरेको छ ।
४५ सदस्यी स्थायी कमिटी सदस्यमा २० जना स्पष्ट रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहेको स्पष्ट देखिन्छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘प्रधानमन्त्रीज्युले त हद गर्नुभयो, लाग्छ कि उहाँलाई देशप्रति माया छैन, कोरोनाका कारण जनता पीडामा छन्, पार्टीमा छलफल गरेर अगाडी बढौं भन्दा उहाँले बैठक बोलाउन मान्नुभएन । अब हामीले पुनः लिखित रुपमै आग्रह गर्छौ त्यसपछि पनि उहाँले बैठक बोलाउनु भएन भने थप निर्णय लिन्छौं ।’
अध्यक्ष अोलीले बैठक बसाउन किन नचाहेको त्यो बुझ्न नसकेको बताइन् । शाक्यले भनिन्, ‘स्थायी कमिटीको बैठक तय भइसकेको थियो, सबै सदस्यलाई जानकारी पनि गइसकेको थियो, बैठकको पूर्ण तयारी भइसकेको थियो तर अन्तिममा आएर बैठक स्थगित गर्नु राम्रो काम भएन।’
आज बैठक शुरुवात गरेर अर्को बैठक दुई दिइन् रनका लागि सारे पनि हुन्थ्यो तर स्थायी कमिटीको मार्यादालाई कुल्ची स्थगित गरेको उनले बताइन् ।
Leave a Reply