प्रधानमन्त्री ओलीद्वारा वालुवाटार परिसरमा रहेको बुद्ध प्रतिमामा माल्यार्पण

काठमाडौं, २५ बैशाख । २५६४ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले भगवान गौतम बुद्धको प्रतिमामा माल्र्यापण गर्नु भएको छ ।

विहीबार विहान ओलीले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार परिसरमा रहेको बुद्धको प्रतिमामा माल्र्यापण गर्नु भएको हो ।

उहाँसंगै उहाँकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले पनि बुद्धको प्रतिमामा माल्र्यापण गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले २५६४ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा आज दिनु भएको सन्देशमा भगवान गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ ।

उहाँले यस पवित्र दिनमा को रोना म हामारीवि रुद्धको ल डाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वा स्थ्यकर्मी, सु रक्षाकर्मी तथा स्वयंसेवकप्रति सम्मान दर्शाउन र कोरोना सं क्रमितको शीघ्रस्वास्थ्य लाभको कामना र शान्तिको कामना गर्दै आ आफ्ना घरघरमा र बुद्धस्थलहरूमा साँझ एकैसाथ दीप प्रज्वलन गर्न समेत आम देशवासीलाई आग्रह गर्नुभएको हो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*