दुई महिनाको शि शुसहित १७ जनामा एकै दिन को रोना पु ष्टि : सं क्रमितको संख्या ९९

काठमाडौं : नेपालमा पहिलो पटक दुई महिनाको शि शुमासमेत को रोना भा इरस (कोभिड–१९) सं क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा को रोना पो जिटिभ देखिएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा को रोना परी क्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना प रीक्षण भएका छन् ।

अहिलेसम्म क्वा रेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।

नेपालमा को रोनाको उप चारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पो जिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब प रीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएको हो । देवकोटाका अनुसार उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।-अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*