हरिशंकर शर्मा,
वीरगञ्ज, २४ वैशाख । वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयामा एउटै परिवारका १७ जनामा आज को रोना पुष्टि भएको छ ।
छपकैया निवासी अन्दाजी ७० वर्षीय जैनुद्दीन अन्सारीसहित छोरा, छोरी, बुहारी तथा नातीहरुमा बुधबार को रोना पुष्टि भएको हो । अन्सारीका अन्दाजी ४५ वर्षीय छोरा समसुद्दीन अन्सारीको स्वा स्थ्यमा समस्या देखिएपछि वैशाख २१ गते क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा रहेका समुुद्दीन अन्सारीको स्वाबसहित उनका परिवारमा रहेका १८ जनाको स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित प्रयोगशालामा प रीक्षणका लागि पठाइएको थियो ।
सोही क्रममा बुधबार जैनुद्दीनका श्रीमती बाहेक परिवारका १७ जना सदस्यहरुमा को रोना पो जेटिभ रि पोर्ट आएको हो । अन्सारीको १८ जना परिवारमध्ये जैनुद्दीन अन्सारीका श्रीमती बाहेक २ वर्षीय तथा ४ वर्षीय २ जना बालकसहित १० जना पुरुष र ७ जना महिलामा को रोना पुष्टि भएको हो ।
उनीहरुलाई उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ । एकै परिवारका १७ जनामा को रोना पुष्टि भएसँगै वीरगन्ज त्रा समय बनेको छ ।
सो वडासहित वीरगञ्जबासीहरु त्र सित बनेका छन् । केही समय अगाडि मात्रै वीरगञ्ज बजारमा सर्वसाधारणहरुको चहल पहल देखिएपनि वीरगञ्जका एकै परिवारका १७ जनामा को रोना पो जेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएसँगै वीरगञ्ज सुनसान बनेको छ ।
को रोना न्यू नीकरणका लागि मुलुक नै लकडाउनको अवस्थामा रहेको समयमा वीरगञ्जमा बुधबारका दिन भने केही खुकुलो भएको स्थानीयहरुले महसुस गरेका थिए ।
समसुद्दीन नारायणी अस्पताल क्षेत्रमा रहेको फार्मेसीमा काम गर्दै आएका थिए । वीरगञ्जमा समेत कोरोना सं क्रमित देखा पर्न थालेपछि उनी वडाध्यक्षलाई सघाउनका लागि सामाजिक कार्यमा संलग्न थिए ।
वडा नं. ३ मा वितरण गरिएको राहत वितरण कार्यमा पनि उनले सघाएका थिए । सामाजिक कार्यमा संलग्न हुँदै आएका कारण त्यस वडाका अधिकांश व्यक्तिमा कोरोना पो जेटिभ हुन सक्ने टिकाटिप्पणीहरु हुन थालेका छन् ।
अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सासहित प्रदेश २ का अन्य जिल्लाहरुका ११ जना कोरोना सं क्रमितहरु उपचाररत छन् ।
पर्सामा एकै दिन १७ जनामा कोरोना पो जेटिभ देखिएपछि अहिले संक्रमितको संख्या २४ पुगेको छ ।-न्यूज२४
Leave a Reply