आ पतमा आफ्नो भन्ने कोही भएन, कसैले स हयोग गरे बा च्थेँ’

काठमाडौं : ‘म मरेँ भने रुने पनि कोही छैनन्, तर पनि घरिघरि बाच्ने आशा पलाइरहन्छ ? उपचार खर्चको अभावमा तड्पिरहेकी श्रीधरा अधिकारी(सिर्जना) भन्छिन् । पाठेघरको समस्याबाट पीडित ३२ वर्षीया सिर्जना करिब एक महिनादेखि कतैबाट खर्च जुट्टा र उपचार गरौंला भन्ने आशमा छटपटाइरहेकी छिन् ।

श्रीमानसँग २ वर्ष अगाडी नै डिभोर्स भइसकेको सुनाउने उनी काठमाडौंमा सेक्युरिटी गार्डको काम गर्थिन् । स्वास्थ्यमा समस्या भएपछि करिब ३ महिनादेखि काम गर्न नसकेको उनले जानकारी दिइन्। ‘यो दुनियाँमा मेरो आफ्नो भनेर जाने ठाउँ कतै छैन्’ उनी गुनासो गर्छिन्।’ माइतीमा आमाबुबा, भाइ भएको तर उनीहरुले कुनै वास्ता नगर्ने सिर्जना बताउछिन् । उनका अनुसार डिभोर्स गर्दा श्रीमानसँग लिएको केही पैसा भाइलाई सापटी दिएकी थिइन्। त्यो पैसा तिर्नुपर्छ भनेर पनि माइतीका केही पनि सम्पर्कमै आउन चहाँदैनन् । ‘आफूलाई जन्मदिने बाबुआमाले त चाँडै मरी भने पैसा तिर्नु पर्दैन भन्ने ठानी रहेका छन् अरु कसलाई पीडा सुनाउनु ? उनी दुखेसो पोख्छिन्।

तीन महिना अगाडी पाठेरघरबाट निरन्तर रगत बगेपछि उनी उठ्नै नसक्ने गरी थला परेकी थिइन् । केही साथीहरुले उद्धार गरी सहयोग उठाइ दिएर अस्पताल लगिदिएकाले बाचेको उनी बताउछिन् । त्यतिबेला पनि पैसा खर्च गर्नुपर्दैन् अस्पतालमा कुर्न मात्रै आउनु भन्दा पनि परिवारका कोही सदस्य तयार नभएको सिर्जनाका माइती गाउँले रामचन्द्र अधिकारीले जानकारी दिए । ‘धेरै रगत बगेछ बेहोस जस्तै भएर डेरामा सुतेकी थिइन्’ । रामचन्द्रले भने, सिरियस बिरामी रैछ अस्पताल लैजानु पर्‍यो भनेर उनकी आमालाई फोन गरेको’ ए होर म पछि फोन गर्छु भनेर टारिदिइन्।’ आफूहरुले सहयोग उठाइदिएर उपचार गरेको र निकै कर गरेपछि बहिनी अस्पताल आएर रेखदेख गरेको रामचन्द्रले जानकारी दिए।

सिर्जनाका अनुसार डाक्टरले पाठेघरमा घाउ भएको र तत्काल अपरेशन गर्नुपर्छ भनेका छन् निरन्तर रगत बगिरहन्छ। भाइले पैसा दिन्छु अपरेशन गर्न जा भनेपछि केहीदिनअघि बहिनीको सहयोगमा उनी सानेपास्थित स्टार अस्पतालमा भर्ना भएकी थिइन्। दुई दिन बित्दापनि कोही आएनन् श्रण खोजेर लगेको २० हजार सिद्धियो। यहाँ बसे झन खर्च बढ्छ, समस्या पर्छ भन्दै अस्पतालले थापाथली अस्पताल जान भनी पठाइदिएको सिर्जनाको भनाइ छ।

नयाँ बानेश्वरमा साथीको डेरामा आश्रय लिएर बसिरहकी उनी सहयोगका लागि याचना गरिरहकी छिन् । ‘बन्द भएको दुई महिना भइसक्यो सबैलाई खर्चले समस्या छ, श्रण माग्दा पनि कतै पाइँदैन।’ सिर्जना भन्छिन्–‘निरन्तर ब्लिडिङ भइरहेको छ, अब त बाँच्दिन होला।’ डाक्टरले तुरुन्त अपरेशन नगरे क्यानन्सर हुनसक्छ भनेको उनी बताउछिन्।

उनले केही दिनअघि आपतमा परेकालाई सहयोगका लागि भनेर एक टेलिभिजनले चलाएको कार्यक्रममा पनि फोन गरेर समस्या राखेको उनले सुनाइन्। सिर्जनाका अनुसार उनीहरुले सहयोग जुटाउँछौँ भनेर आश्वासन दिए तर कहिले परिवारका सदस्य भएमात्रै सहयोग गर्न मिल्छ भन्ने कहिले के भन्ने गरेर टारिरहेका छन्।

धेरैले उनलाई थापाथली अस्पताल गए खासै खर्च नलाग्ने भनेका छन् तर त्यहाँ जानका लागि पनि उनीसँग खर्च छैन। ‘साथीको सहयोगमा बसेकी छु कत्ति पनि पैसा छैन्, ब्लिडिङ रोक्न भनेर दिनको ३०० को औषधि खाइरहेको थिएँ, त्यो पनि खान पाएको छैन, कसरी अस्पताल जाउँ? उनी भन्छिन् ‘माग्ने ठाउँ कतै छैन, दिने कोही छैन?’ उनी कसैले सहयोग गरे उपचार पाउने आशमा रहेकी छिन् । ‘पहिल्यै समस्यामा थिएँ, लकडाउनले झन समस्या थपियो। आपतमा आफ्नो भन्ने कोही भएन कसैले सहयोग गरे बाच्थेँ होला।’-अन्नपूर्ण पोष्टबाट

सिर्जना अधिकारी सम्पर्क : 9843433319 / 9803567638

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*