सीमामा लु किछिपी आवतजावत गर्नेहरु बढेपछि स शस्त्रले ३ गुणा बढी ज नशक्ति खटायो

सुरेश भट्ट,
कञ्चनपुर, २२ बैशाख । कोरोना भाइ रस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल भारत सीमा सिल गरेपनि लुकिछिपी सीमापार गरेर आवतजावत गर्नेहरु बढेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा ३ गुणा बढी जनशक्ति खटाएर कडाइ गरेको छ ।

कञ्चनपुर जिल्ला भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग खुल्ला सीमा भएकाले यो क्षेत्रबाट लुकीछिपी बढी आवतजावत हुन सक्ने भन्दै स शस्त्र प्रहरीले अस्थायी पोष्ट खडा गरेर सीमामा कडाइ गर्न लागेको हो ।

अहिले कञ्चनपुरको सीमा क्षेत्रमा नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरी तथा भारततर्फ सीमा सुर क्षा बल (एसएसबी) र प्रहरीले संयुक्त गस्ती गरिरहेका छन् ।

नेपाल र भारत दुवै देशका सु रक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्तीगर्दा सीमाबाट हुने आवतजावत र तस्करी पूर्णरुपमा ठप्प भएको छ ।

आफुले सीमा क्षेत्रमा आवतजावत रोक्न र लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले मोबाइल पट्रोल, बाइक पट्रोल, पैदल गस्ती, सयुक्त गस्ती, स्टाटिक आदि प्रयोग गरेर सीमामा निगरानी गरिराखेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका स शस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताउनुभयो ।

उहाँले पहिले कञ्चनपुरका लागि निकासा भएका बीओपी पोष्टलाई केहि कारणले स्थापना गर्न नसकेको र अहिले लकडाउनको अवस्थामा ती पोष्टलाई स्थापना गर्न प्रक्रिया समेत अगाडि बढाइ रहेको जानकारी पनि दिनुभयो ।

बीओपी पोष्टलाई स्थापना गर्न सके सीमा मिचिने र सीमामा हुने अवपराधिक क्रियाकलापमा कमी आउन सक्ने विश्वास गरिएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*