तीन महिनापछि भियतनाममा विद्यालय पुनः सञ्चालनमा

एजेन्सी । कोभिड–१९ को सं क्रमण नि यन्त्रण गर्नका लागि विगत तीन महिनादेखि बन्द भियतनामका विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् । भियतनाम समाचार एजेन्सीका अनुसार देशका लगभग २ करोड विद्यार्थीहरु आजदेखि कक्षा कोठामा फर्किएका हुन् ।

६३ प्रान्तमध्ये १८ प्रान्त र केन्द्रद्वारा सञ्चालित सहरहरुले आजदेखि विद्यालय सञ्चालनमा ल्याएका छन् भने ३० अन्यले प्राइमेरी स्कुल र किन्डरगार्टन्सलाई सञ्चालनमा ल्याएका छन् । त्यहाँ माध्यमिक तहका विद्यार्थीहरु अप्रिल अन्त्यदेखि नै विद्यालय जान थालिसकेका थिए ।

हानोइ र हो चि मिन्ह सहरलगात अन्य १० सहरले प्राइमेरी र किन्डरगार्टन्सलाई केही समयपछि सञ्चान गर्नेछ ।

भियतनाम समाचार एजेन्सीका अनुसार धेरै विद्यालयहरुले कक्षाकोठामा सामाजिक दुरी कायम गर्दै बेञ्चहरु मिलाएर राखिएका छन् भने कतिले कक्षाकोठामा विद्यार्थीको संख्या घटाएर विभिन्न समूहमा विभाजन गरेका छन् । यद्यपि, शिक्षक र कक्षा कोठाको अभावमा धेरै विद्यालयहरुलाई सामाजिक दुरी कायम गर्नका लागि अप्ठ्यारो भइरहेको पनि समाचारमा उल्लेख गरिएको छ ।

केही विद्यालयले कक्षाको तालिका परिवर्तन गर्दै इन्टरनेट र टेलिभिजनको माध्यमबाट पढाउन जारी राखेका छन् ।

स्रोतः सीएनएन

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*