ओलीको पक्षमा हस्ताक्षर गर्न सांसदलाई ध,म्की !

काठमाण्डौ, वैशाख १९ । सत्तारुढ दल नेकपाकी केन्द्रिय सदस्य गौरी ओलीले सांसदलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा हस्ताक्षर नगरे जे पनि हुन सक्ने ध,म्की दिएको खुलासा भएको छ ।

प्रधानमन्त्री केपी ओलीको पक्षमा हस्ताक्षर नगरै जे पनि हुन सक्ने भन्दै ओलीले शारदा भट्टलाई ध,म्की दिएको खुलासा भएको हो । शुक्रबार राष्ट्रियसभा सदस्य भट्टलाई प्रधानमन्त्री ओली निकट केन्द्रीय सदस्य ओलीले यस्तो ध,म्की दिएकी हुन् । गौरीले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट नि,काल्न खोजेको भन्दै यस्तो बेलामा सहयोग गर्न दबाब दिएको भट्टले बताइन् ।

पत्रकार ऋषि धमलासँगको टेलिफोन कुराकानीमा भट्टले गौरीले भनेको कुरा वेलिविस्तार लगाउँदै बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त पुगेर ओलीको पक्षमा हस्ताक्षर गर्नुस् भनेर द,बाब दिएको बताइन् । भट्टले अहिले हस्ताक्षर अभियानमा आफू नलाग्ने बताउँदा गौरीले तपाईं प्रधानमन्त्रीसँग ट,क्कर लिने ? भनेर प्रश्न गरेकी थिइन् । गौरीजीले ‘नेपालमा जे पनि हुनसक्छ, तपाईं नराम्रोसँग फ,स्न सक्नुहुन्छ ।’ समेत भनेको भट्टले बताइन् ।

ललितपुरको लुभुमा बस्दै आएका भट्टले भनिन्– गौरीजीले वालुवाटार किन नजानुभएको ? सबैले प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गरिसके, तपाइले किन नगर्नुभएको ? भनेर दबाब दिनुभयो ।

नेकपाकी सांसद भट्ट कैलालीकी हुन् । अहिले ललितपुरको लुभुमा बस्दै आएको जानकारी दिइन् । पछिल्ला दिनमा नेकपाभित्र विवाद चु,लिदै गएको छ । प्रधानमन्त्रीले संसदबा बहुमत देखाउन हस्ताक्षर अभियान चलाएका छन् ।-रिपोटर्स नेपालबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*