काठमाडौं, १९ बैशाख । सरकारले राम्रो काम गर्न सकेन भने प्रतिपक्षले राजीनामा माग्छन् तर नेपालमा सत्तापक्षले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । प्रतिपक्ष कांग्रेस चु,पचाप बसिरहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना सं,क्रमण रो,क्न सबै एकजुट हुनुपर्ने बताइरहँदा सत्तारुढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम मोर्चा कसेर प्रधानमन्त्री ओलीको रा,जीनामा मागिरहेका छन् ।
कोरोना महामा,रीका बेलामा प्रधानमन्त्रीको राजीनामा माग्नु बेमौसमी बाजा भएको टिप्पणी नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले गरेका छन् । ‘प्रचण्ड २ पटक प्रधानमन्त्री भए, एकपटक त उनलाई कांग्रेसले नै काँधमा बो,केर प्रधानमन्त्री बनाएको हो । माधव नेपाल दुई क्षेत्रबाट हा,रेकालाई कांग्रेसले प्रधानमन्त्री बनाएकै हो । झलनाथ पनि भएकै हुन् । उनीहरुको शासन पनि भो,गिएकै हो । अहिलेको भन्दा फरक त केही गर्नुभएको थिएन ।‘ खतिवडाको भनाइ छ ।
उनले भने, यो नेकपाभित्रको आन्तरिक मामिला हो, ओलीलाई कायम राखून् कि माधव, प्रचण्ड वा झलनाथ खनाललाई प्रधानमन्त्री बनाऊन्, सरोकारको बिषय होइन । पार्टी फु,टाउने जु,टाउने खेलमा हामी लाग्दैनौं । ५ बर्ष सरकार चलोस् भन्ने कांग्रेसको चाहना हो ।
खतिवडा भन्छन्–‘नेकपाका यी नेताहरुको आन्तरिक झ,गडाका कारण सरकार ढा,लेर अस्थिरता सृजना गर्ने कार्य नहोस् भन्ने चाहन्छौं । तर खुट्टी हेर्दै प,त्याएँ फिष्टाको जस्तो भयो । ओलीको जस्तो लिडरसीप भएका ब्यक्तिले गर्न नसकेको काम यी फिष्टाहरु कसैले गर्न सक्दैनन् । ओलीको भन्दा द,ह्रो खुट्टा प्रचण्ड, माधव नेपाल, वामदेव गौतमहरुको छ भन्ने पत्याउने आधार छैन ।
१५ बर्ष पार्टीको महासचिव हुँदा पार्टीलाई कहिल्यै पहिलो बनाउन सकेनन्, ओली निर्वाचित भएको २ बर्षभित्र पार्टीलाई दुई तिहाई बहुमत नजिक पुर्याए । ओलीसँग धेरै कुरामा मेरा असहमति होलान्, तर प्रचण्ड जस्तो १० बर्ष सश,स्त्र द्ध,न्द्ध गरेको सबैभन्दा प्रमुख श,त्रु, उग्रवादीहरुलाई आफ्नो पार्टीमा ल्या,उनु उनको क्ष,मता हो ।’
खतिवडाको धारणा छ, कांग्रेसको लागि जो आए पनि केही मतलव छैन, नेकपाको सरकार ५ बर्ष टिकोस् भन्ने कामना गर्दछौं । तर नेकपाका नेताको बुद्धि हेर्दा यी ५ बर्ष सरकार टि,काउँदैनन् भन्ने देखिन्छ । पार्टी फु,टाउने, जु,टाउने, भ्र,ष्टाचार गर्नमा मात्र नेकपाको ध्यान केन्द्रित भएको देखिन्छ । पार्टी र देश होइन, गु,ट द,ह्रो बनाउनेतिर नेकपाका नेताहरु लागेका छन् ।
Leave a Reply