काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने बताएका छन । रेडियो नेपालले लिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री केपी ओलीविरु,द्ध अ,शिष्ट भाषा प्रयोग गरेको भन्दै माफी मागेको विज्ञप्ति सार्वजनिक पछि एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन । आफ्नो अन्तरवार्ता लिए वापद सरकारले क्ष,मायाचना गर्न लगाएको पंचायतकालको अन्तिम दिन सम्झाउने ह,र्कत भएको उनको भनाई छ ।
बाबुरामले ट्यीट गर्दै भनेका छन,- मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीत,न्त्रले उसलाई क्ष,मायाचना गर्न र “अब उ,प्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो ह,र्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?
यो पनि हेर्नुहोस्
रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री केप ओलीविरु,द्ध अ,शिष्ट भाषा प्रयोग गरेको भन्दै मा,फी मागेको छ ।
रेडियो नेपालले आगामी दिनमा भट्टराईलाई अतिथिका रुपमा न,निम्त्याउने पनि संकेत गरेको छ । भट्टराईसँग रेडियो नेपालको ‘अन्तर संवाद’ कार्यक्रममा नवराज लम्सालले सोमबार बिहान ६:३० बजे अन्तर्वार्ता लिएका थिए ।
सो अन्तर्वार्तामा विवादित दुई अध्यादेश, सांसद अ,परहण लगायत पछिल्लो राजनीतिक घ,टनाक्रमलाई लिएर डा. भट्टराईले प्रधानमन्त्री ओलीको क,टु आ,लोचना गरेका थिए । अन्तर्वार्ताका क्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरी हि,टलर, भ,ष्मासुर र अ,पहरणका,री जस्ता शब्द प्रयोग गरेका थिए ।
रेडियो प्रसार विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीप्रति भट्टराईले प्रयोग गरेको शब्दप्रति दुःख व्यक्त गरेका छन् ।
‘रेडियो नोपलबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसम्वाद अन्तर्गत आज मिति २०७७-०१-१५ गते बिहान ६ः३० बजे समाचार शाखाका प्रमुख नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सो कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोले आवशयक सम्पादन गर्न नसकिएको हुँदा क्ष,मा चाहन्छौं ।’
विज्ञप्तिमा कार्कीले अब उ,प्रान्त रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा ग,म्भीर रुपमा सचेत रहने प्रतिब,द्धता व्यक्त गरेका छन् ।
Leave a Reply