प्रधानमन्त्रीज्यू ! यी तस्बिर हेरेपछि तपाइँ ढु,क्कले निदाउन सक्नु हुन्छ ?

बिकाश बखुन्छेँ, काठमाडौं । मुलुकमा कम्युनिष्टको सरकार छ । मजदुर र गरिब जनताको मु,क्तिका लागि भन्दै सश,स्त्र यु,द्धदेखि विभिन्न आ,न्दोलनमा सहभागी हुँदै जेलनेल भोगेका नेताहरु सहभागी पार्टी नेकपाले सरकार चलाइरहेको छ । केन्द्रमा मात्रै होइन ६ वटा प्रदेश र अधिकांश स्थानीय तहमा नेकपाकै सरकार छ । दुई तिहाइ समर्थन प्राप्त सरकारको नेतृत्व १४ वर्ष जे,ल जीवन बिताएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले लिएका छन् ।

अहिल मुलुक सं,कटको अवस्थामा छ । विश्वभर कोरोनाभाइरस (कोभिड १९)को महामा,रीको असर नेपालमा पनि परेको छ । हालसम्म नेपालका ३१ जना कोरोनाभाइरस सं,क्रमित फेला परेका छन् । कोरोनाभाइरसको सं,क्रमण नफैलियोस् भनेर सरकारले २७ दिनदेखि लकडाउन गरेको छ । यसको विकल्प पनि छैन । तर, गरिब जनताको कोरोनाभाइरसले भन्दा भोकै म,र्न लागेको अवस्था जान्दाजान्दै सरकार उनीहरुको प्रा,ण जोगाउन निर्देशनमा मात्रै समिति भएको छ ।

आइतबार बिहान करिब ११ बजे, भक्तपुरको गठ्ठाघर चोकमा केही मानिसहरु लाम लागेर हिँडिरहेका थिए । उनीहरुको साथ स्वयम् सेवकको पोसाक लगाएका केही मानिस पनि थिए । ती स्वयम् सेवकले उनीहरुलाई सामाजिक दूरी कायम राख्न भन्दै थिए । टन्टालपुर घाममा हिँडेर आएका ती थकित अनुहारहरुले सामाजिक दूरीको अर्थ बुझेनन् या सुनेनन् । त्यसपछि स्वयम् सेवक पोशाक लगाएका एक पुरुष अलि अलि टाढा उभिनूस् भन्दै सिकाउँदै थिए ।

गठ्ठाघरको द बर्गर हाउस र भक्तपुर खेलकुद विकास समितिले संयुक्त रुपमा खाना खुवाउन उनीहरुलाई लाम लगाइरहेका थिए । लाममा बसेकाहरु घण्टौं हिँडेर आएका जस्ता देखिन्थे । थ,कित शरीर, भोको पेट र तिर्खाएर बोल्न नसकेका उनीहरु एक छाकको खाना लाइनमा बसेका थिए ।

उनीहरु कोही पनि नाम बताइहाल्न चाहँदैन थे । नाम सोध्दा उनीहरु हाँसेर टारिदिन्थे । नाम नबताए पनि उनीहरु खाने व्यवस्था नभएपछि आफ्नो घर हिँडेका थिए । भर्खरै ज,न्मेका बच्चादेखि अ,धवैंशे उमेर समूहका उनीहरु खाने व्यवस्था नभएपछि घर जान हिँडेका हुन् । कोही इट्टाभट्टाबाट खाना खान आएका थिए ।

काठमाडौंको नारायणथानबाट हिँडेर आएका एक पुरुष भन्दै थिए, काम छैन, काम नभएपछि पैसा भएन, पैसा पनि नभएपछि खाने सामान नभएकाले घर हिँडेको ।’ नारायणथानबाट हिँडेर गठ्ठाघर आइपुगेका ती पुरुष सप्तरी जान लागेका हुन् । टन्टलापुर घाममा हिँडेका उनको शरीरबाट पसिना बगिरहेको थियो । एक छाक खाना खुवाउने भएपछि लाम लागेका उनीमा भरे र भोलिको छाकको चिन्ता त छैँदै थियो, त्यो भन्दा बढी सप्तरीसम्म हिँड्नु पर्ने बाध्यताले धेरै चिन्तित देखिन्थे ।

उनीमात्रै होइनन्, त्यहाँ उभिएका धेरै नै उपत्यका छाड्न त्यहाँ आइपुगेका थिए । केही महिनाको सन्तान बोकेर आइपुगेका एक जोडी धनकुटासम्म जाने तयारीमा थिए । नयाँ बसपार्कबाट हिँडेर आएका उनीहरु भन्दै थिए, ‘यहाँबाट प्रहरीले लगिदिन्छु भनेको छ, लगेन भने हिँडेरै भए पनि जान्छौं ।’ यति लामो बाटो बच्चा बोकेरै कसरी धनकुटा पुग्नुहुन्छ भनेर जिज्ञासा राख्दा बच्चा बोकिरहेका पुरुषले निराश हुँदै जवाफ दिए, ‘के गर्नु खाने चिजै छैन, पैसा छैन, जाने रहर त कहाँ हो र , बा,ध्यताले हिँडेका हौं । ’ सँगै रहेका अर्का एक पुरुषले भने, के गर्नु यहाँ कसैले केही दिएनन् । राहत हुनेले पाए हामीले राहत पनि पाएनौं अनि घर जान हिँडेको ।’

यी प्रतिनिधि पात्र र घ,टना हो । केही दिनयता यसरी उपत्यका छाडेर हिँड्नको ल,र्काे रो,किएको छैन । भो,कोपेट र बच्चाले लकडाउन भन्दैन । सरकारले यस्ता मानिसलाई राहत दिन बारम्बार निर्देशन दिएको सुनिए पनि खान नपाएकैभरमा राजधानी छाड्ने मानिसको लाम टु,ट्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले उपत्यका छाडेर जानेलाई रोक्न निर्देशन दिँदै खाने व्यवस्था गर्न भनेका छन् । तर, वास्तविक राहत पाउनेले पाएका छैनन् । कसैले एक छाक खुवाएकाभरमा हप्तौंसम्म पेट भरिन्नँ भन्ने कुरा बुझेर उनीहरु घर हिँडेका हुन् । सरकारले न उनीहरुलाई घर जान दिन्छ, न यहीँ खाने व्यवस्था गरिदिन्छ । त्यसै भन्दै थिए, सिन्धुली जान हिँडेका एक पुरुषले, ‘हामी कोरोनाले भन्दा पनि गरिबी र खान नपाएरै म,र्ने भयौं ।’-क्यानडानेपालबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*