काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म एक लाख ३० हजार बढीको मृ,त्यु भइसकेको छ । सं,क्रमितको संख्या पनि तीव्र दरले बढिरहेको छ । बिहीबार बेलुकासम्म सं,क्रमितको संख्या २१ लाख पुग्ने अनुमान गरिएको छ ।
कोरोना भाइरस लागेकामध्ये करिब ५० हजारको अवस्था निकै गम्भीर छ । कोरोना सं,क्रमित सयजनामध्ये ८० घरमै बसेर निको हुन सक्ने, १५ जनालाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने र पाँचजनालाई आईसीयूमा भर्ना गरी उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
नेपालमा अहिलेसम्म १६ जना कोरोना सं,क्रमित देखिइसकेका छन् । जसमध्ये एकजना निको भएर फ,र्किसकेका छन् । अहिले १५ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूको भनाइ छ । उनीहरू आफैं खाना पकाएर खान सक्ने, बोल्न सक्ने अवस्थामा रहेका छन् ।
जसमध्ये सरुवा रोग ट्रपिकल अस्पताल टेकुमा दुईजना कोरोना सं,क्रमित आइसोलेसनमा राखेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अस्पतालका अनुसार बिहीबारको परीक्षणमा दुवैको रिपोर्ट नेगेटिभ आएमा उनीहरूलाई डि,स्चार्ज गरिनेछ ।
संसारभर महामा,रीको रूप लिएको कोरोना सं,क्रमित नेपालीहरूको अवस्था सामान्य हुनु, आईसियूमा भर्ना गर्न नपर्नु, आइसोलेसनमै उपचार गरेर डि,स्चार्ज गरिने अवस्था हुनु भनेको निकै सन्तोषजनक रहेको डा.रवीन्द्र पाण्डे बताउँछन् । यस्तो हुनु भनेको नेपालमा कोरोना भाइरस महामा,रीको रूपमा फै,लिन नसक्ने संकेत देखिएको उनको भनाइ छ ।
Leave a Reply