घर भाडा नलिन सरकारको आग्रहमा घरबेटी भन्छन्,- आफू म,रेर अरुलाई उका,स्न सकिन्न (भिडियो सहित)

काठमाडौं, चैत २५ । कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि गरिएको ‘लकडाउन’को प्रत्यक्ष मा,र सर्वसाधारणमा पर्न थालेको छ । मुलुकमा परेको विषम परिस्थितिमा सहयोग गर्न सर्वसाधारण र व्यवसायीहरुले सरकारसँग अपील गरेका छन् ।

सरकारले तीन महिनाको घर भाडा नलिन आग्रह गरेपनि अधिकांश घरधनीहरु सरकारको आग्रह पालना गर्ने पक्षमा छैनन् । लामो समयको लकडाउनले धेरै मानिसको कामधन्दा गुमेपछि डेरामा बस्नेहरु पनि घरभाडा दिन सक्ने अवस्थामा छैनन् ।

यस्तो विषम परिस्थितिमा एकार्काको पीडा बुझ्नुपर्ने भएपनि अधिकांश घरधनीहरु सरकारको अपील व्यावहारिक नभएको तर्क गरिरहेका छन् । घरधनीहरु पनि लकडाउनबाट प्र,भावित बनेको भन्दै यस्तो बेला सरकारले बैंकको ऋणको व्याज मिनाहा गरिदिए घरभाडा नलिने तर्क गर्दछन् । भने एक घरधनी आफू द,लदलमा फसेर-म,रेर अरुलाई उकास्न नसक्ने बताऊछन ।

डेरामा बस्नेहरु भने कामधन्दा सबै चौपट भएर बस्नुपरेको समयमा घरभाडा मिनाहा गर्नुको साटो घरधनीहरुले बारम्बार पी,डा दिने गरेको गुनासो गर्छन् ।

उद्योगधन्दा सबै चौ,पट भएकोले उद्योग–व्यवसाय सञ्चालन गर्ने माहोल नभएसम्म अथवा कम्तीमा तीन महिना घरबहाल मिनाहा गर्न सबैले ठूलो छाती गर्नुपर्ने र सरकारले वित्तीय संस्थाहरुलाई तीन महिनाको व्याजमा छुट दिन आग्रह गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग रहेको छ ।

कोरोनाभा,इरस सं,क्रमणको आ,तंक कहाँ पुगेर अन्त हुने हो भन्ने टुंगो छैन । यसले सामाजिक–आर्थिकरुपमा कति क्षति गर्छ भन्ने अनुमान गर्न कठिन छ । तर, सरकारले तत्काल त्यसतर्फ ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*