कोरोनाविरु,द्ध ल,ड्न भट्टराई र गिरीलगायतले बनाए संयोजन समिति

काठमाडौं । कोभिड-१९ विरुद्धको ल,डाइँमा सरकारका कामलाई रचनात्मक सहयोग पुऱ्याउन र आवश्यक सुझाब दिन राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाले संयोजन समिति बनाएको नयाँ पत्रिकामा समाचार छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजनीतिज्ञ एवं सांसद प्रदीप गिरीलगायतले कोरोना महाव्याधिविरु,द्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) नाम दिइएको समिति बनाएका हुन् । समितिमा जनस्वास्थ्य, अर्थलगायतका विभिन्न क्षेत्रमा १७ जना छन् ।

महाव्याधिका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न प्रयास थालिएको अभियानले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

‘कोरोना महाव्याधिलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमी–कमजोरी भए पनि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधिले विभिन्न तरिकाले सं,क्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो,’ कोमविसापले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समिति गठन गरिने समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । अन्त्यमा राज्यले गरेका कार्य एवं अभियानले चालेका कदमबारे श्वेतपत्र जारी गरिने उनले जानकारी दिए । केन्द्रीय संयोजन समितिमा विभिन्न सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवालाई सहभागी गराउँदै लगिने उनले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*