उत्तर कोरिया कोरोना भा,इरस मु,क्त भएको दा,बी

सोल, २० चैत । आफ्नो देशमा कोरोना भा,इरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त घोषणा गरेको छ । विश्वमा झण्डै १० लाख जनामा कोरोना भाइरसको स,ङ्क्रमण फै,लिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको स,ङ्क्रमण नभएको बताएको हो ।

उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका स,ङ्क्रमित नभेटिएको बताएका हुन् ।

तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आ,लोचना पनि हुने गरेको बताइएको छ ।

तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्र,कोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा क,डा कानूनहरु लागू गरेको बताइएको छ ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका क,डा कानून र मापदण्डका कारण उत्तर कोरिया यो स,ङ्क्रमणबाट ब,च्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो देशमा सीमा ब,न्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको नि,गरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामा,री फै,लिन नपाएको जानकारी दिनुभएको छ ।

तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भा,इरसको एक विरामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाई थियो । दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना सं,क्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताउनुभएको छ ।

उहाँले उत्तर कोरियालाई यस्तो महामा,रीका विरु,द्धमा मिलेर ल,ड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाउनुभएको थियो । तर त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*