काठमाण्डौ – बङ्गलादेशमा एमबीबीएस पढिरहेका नेपाली विद्यार्थीले आफूहरुलाई छिटो नेपाल फर्काउन माग गरेका छन् । को;रोना भाइरसको सङ्कटको बेला आफूहरु नेपाल फर्किएर सेवा गर्न चाहेकोले सरकारले स्वदेश फर्काउन पहल गर्नु पर्ने उनीहरुको भनाइ छ । बङ्गलादेशमा अहिले झण्डै सात सय मेडिकल शिक्षा लिने विद्यार्थी छन् ।
क्वरेण्टीनमा बस्नुपर्ने लगायतका सरकारले तोकेका सबै मापदण्ड पूरा गर्न तयार रहेको तर आफूहरुलाई बङ्गलादेशबाट फ’र्काउन माग गरिएको नेप्लिज स्टुडेन्ड एसोसिएशन बङ्गलादेशका अध्यक्ष नविन यादवले बताएको खबर आजको उज्यालो अनलाईनमा छ । सर कारले खटाएको जुनसुकै ठाउँमा गएर सेवा गर्न तयार रहेको पनि विद्यार्थीले बताए । यो बेलामा देश फर्केर सेवा गर्न आफूहरु उत्सुक रहेको पनि यादवको भनाइ छ ।
नेपाली विद्यार्थीहरुले आफूहरु बङ्गलादेशमा असुरक्षित रहेको गुनासो गरेका छन्। ‘नेपाल सरकारले पहिलो चरणको लकडाउन सकिएपछि उद्धार गर्छ कि भन्ने आशामा रहेका नेपाली विद्यार्थी सरकारले उद्धार नगर्ने घोषणा गरेपछि दुखी भएका छन्’, विद्यार्थी नविन यादवले गुनासो गर्नुभयो । १२ दिनदेखि कलेजकै क्वरेण्टीनमा रहेको र बङ्गलादेशमा को;रोनाबाट बच्न उच्च सतर्कता नअपाएकाले आफूहरु निकै चिन्तित रहेको विद्यार्थीले बताएका छन् ।
Leave a Reply