काठमाडौं, १३ चैत । लकडाउनको अवज्ञा गर्दै मदिरा पसल खोल्ने एक जना पक्राउ परेका छन् । चन्द्रगिरी नगरपालिका-१ दहचोकमा मदिरा पसल संचालन गर्दै आएका ३७ वर्षीय कविराज बख्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
अत्यावश्क सेवाबाहेक अन्य सेवा अनिवार्य रुपमा बन्द गर्नुपर्ने भनिएपनि उनले सो नियम उल्लघंन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर मंगलबार बिहान ६ बजेदेखि चैत १८सम्मका लागि मुलुकभर लकडाउन गरेको छ।
Leave a Reply